चीनलाई गोप्य जानकारी बेचेको आरोपमा पूर्व अमेरिकी नौसेना नाविकलाई १६ वर्ष जेल सजाय
barnanmedia.com · Tue Jan 13 21:15:00 GMT 2026

चीनको गुप्तचर निकायलाई अमेरिकी नौसेनाको गोप्य सैन्य जानकारी बेचेको आरोपमा पूर्व अमेरिकी नौसेना नाविक जिनचाओ वेईलाई दुई सय महिना (१६ वर्ष ८ महिना) जेल सजाय सुनाइएको छ।
सान डिएगोको संघीय अदालतमा न्यायाधीशले २५ वर्षीय जिनचाओ वेई (जसलाई प्याट्रिक वेई पनि भनिन्छ) लाई यो सजाय सुनाएका हुन्। सन् २०२५ को अगस्टमा संघीय निर्णायक मण्डलले उनलाई जासुसीसहित छ वटा अपराधमा दोषी ठहर गरेको थियो। अमेरिकी न्याय विभागका अनुसार उनले बेचेको जानकारीका लागि १२ हजार डलरभन्दा बढी भुक्तानी लिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)