माओवादी स्थायी समिति : शर्माको प्रतिवादमा उत्रिए महासचिव गुरुङ
ekantipur.com · Tue Aug 13 16:47:20 UTC 2024

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्यशैली र नीतिमाथि उपमहासचिव जनार्दन शर्माले उठाएका सवालमा महासचिव देव गुरुङले प्रतिवाद गरेका छन् । पार्टीको मुख्य नेतृत्वमाथि ‘नियतवश’ प्रश्न उठाइएको टिप्पणी गुरुङले गरेका छन् । चारैतिर घेराबन्दी भएका बेला नेतृत्वको विकल्प नभएको धारणा पनि उनले राखेका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा जारी स्थायी समिति बैठकमा मंगलबार गुरुङले उपमहासचिव शर्माको ११ बुँदे आरोपप्रति संकेत गर्दै कसैले चाहँदैमा अहिले नेतृत्व परिवर्तन सम्भव नहुने तर्क गरे । ‘यतिबेला विभिन्न शक्तिले पार्टीलाई घेराबन्दी गरिरहेका छन् । साम्राज्यवादी शक्तिहरू पार्टी फुटाउन लागेका छन्,’ गुरुङको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘नेतृत्वमाथि नियतवश प्रश्न उठाउँदैमा परिवर्तन हुँदैन । अहिले नेतृत्व परिवर्तन गर्ने बेला होइन ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)