बाबरको कप्तानीमा आइसिसी ड्रिम ११ को घोषणा
nayapatrikadaily.com · Tue Nov 16 00:33:00 GMT 2021
विश्व खेलकुदमा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको समाप्तिसँगै उत्कृष्ट ११ खेलाडी घोषणा हुने गर्छ । विशेषगरी क्रिकेट र फुटबलमा ड्रिम ११ टोली घोषणालाई बढी नै महत्व दिने गरिएको छ । दुबईमा आइतबार सम्पन्न सातौँ संस्करणको आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा अस्ट्रेलिया नयाँ विश्व च्याम्पियन बन्यो । न्युजिल्यान्ड लगातार तेस्रोपटक विश्वकप फाइनलमा पराजित भयो । आयोजक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले प्रतियोगिता समाप्तिको दोस्रो दिन नै उत्कृष्ट ११ खेलाडी घोषणा गरेको छ ।
दुबईस्थित आइसिसीको मुख्य कार्यालयले सोमबार पाकिस्तानका कप्तान बाबर अजामको नेतृत्वमा ११ खेलाडीका नाम सार्वजनिक गरेको छ । आइसिसीले ६ राष्ट्रका खेलाडी समावेश गरी आइसिसी ड्रिम ११ को नाम सार्वजनिक गरेको छ । ती ६ राष्ट्रका खेलाडीहरूले विश्वकपभरि असाधारण प्रदर्शन गरेको आइसिसीको भनाइ छ । आइसिसीको ड्रिम ११ मा उपविजेता न्युजिल्यान्ड, पाकिस्तान, इंग्ल्यान्ड, दक्षिण अफ्रिका तथा श्रीलंकाका खेलाडी अटाएका छन् । श्रीलंका र दक्षिण अफ्रिका सुपर १२ बाटै बाहिरिएका टोली हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)