म्याक्सवेलको अविश्वसनिय दोहोरो शतकमा अस्ट्रेलिया सेमिफाइनलमा
deshsanchar.com · Tue Nov 07 18:06:10 GMT 2023
वानखडे मैदानमा अस्ट्रेलिया र अफगानिस्तानबिचको विश्वकपको रोमाञ्चक खेल विश्वभरका क्रिकेट समर्थकका लागि अविश्वसनिय रह्यो। कुनैपनि क्रिकेट समर्थकले विश्वास गर्न गाह्रो मानिएको खेलमा अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले २ सय १ रनको दोहोरो शतकीय अविजित इनिङ खेल्दै अफगानिस्तानमाथि ३ रनको रोमाञ्चक जित सहित अस्ट्रेलियालाई सेमिफाइनल पुर्याउन सफल भए।
म्याक्सवेल आफ्नो पारीमा घाइते भए, दुई पटक फिजियोमा आए, रन बनाउन गाह्रो भयो तर म्याक्सवेल न रोकिए न थाके। अफगानिस्तानले २९२ रनको लक्ष्य दिएको खेलमा एक्लै उनले अस्ट्रेलियालाई जिताइ छाडे। म्याक्सवेललाई ८ औं विकेटका लागि २०२ रनको साझेदारी गरेका प्याट कमिन्सले केवल ६८ बलमा १२ रन बनाएर साथ दिएका थिए। म्याक्सवेलले भने १ सय २८ बलमा २१ चौका र १० छक्का प्रहार गर्दै २ सय १ रनको सानदार इनिङमा टिमको जित निश्चित गरे।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)