दुई फर्मलाई नगद जरिवाना
barnanmedia.com · Tue Jan 13 22:28:36 GMT 2026

काठमाडौँ, ३० पुसः नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ । अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले विएस धवलागिरि ट्रेडर्सलाई रु १० हजार र सिन्धु मेटेरियल्स प्रालिलाई रु १५ हजार जरिवाना गरेको हो ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को विभिन्न दफामा उल्लेख भएका प्रावधान विपरीतका गतिविधि देखिएपछि ती दुई वटा फर्मलाई कारवाहीको दायरामा ल्याइएको विभागले जनाएको छ । विभागले कूल १४ वटा फर्ममा अनुमगन गरेको भएपनि अन्य १२ वटालाई भने सुधारात्मक निर्देशन दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)