जनमत पार्टीको महाधिवेशन चैत २० र २१ गते
ratopati.com · Fri Jan 16 18:42:55 GMT 2026

काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशन आगामी चैत २० र २१ गते गर्ने निर्णय गरेको छ । गत पुस २० गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति तय गर्नुका साथै विभिन्न उपसमितिहरू गठन गरेको हो ।
पार्टीका अनुसार महाधिवेशनको स्थान भने पछि तय गरिनेछ । बैठकले बसन्त कुमार कुशवाहाको संयोजकत्वमा महाधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको छ । यस्तै, नरेन्द्र प्रसाद चौधरीलाई अनुगमन समितिको जिम्मेवारी दिइएको छ भने सञ्जय कुमार यादवलाई प्रचार–प्रसार समितिको संयोजक तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)