म्यान्चेष्टर युनाइटेडको जित, रोनाल्डोको २ गोल
makalukhabar.com · Sat Sep 11 16:04:37 GMT 2021
काठमाडौँ । क्रिष्टियानो रोनाल्डोको २ गोल मद्दतमा म्यान्चेष्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शानदार जित निकोलेको छ । शनिबार रातीको खेलमा म्यान यूले न्यू क्यासल युनाइटेडलाई ४-१ ले हराएको हो । पहिलो हाफको अन्तिमतिर गोल गर्दै रोनाल्डोले अग्रता दिलाएको खेलको ६२ औँ मिनेटमा रोनाल्डोले नै दोश्रो गोल गरेका थिए ।
यस्तै ब्रुनो फर्नान्डेज र जेसे लिंगार्डले एक एक गोल गरे । न्यु कासलका जाभियर मानक्विइलोले एक गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)