सुनसरीमा आगलागीबाट ५० लाखको क्षति
baahrakhari.com · Sun Mar 31 17:35:54 UTC 2024

सुनसरी । सुनसरीको कोसी गाउँपालिका–३ मा आज भएको आगलागीबाट ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
स्थानीय कादिर मियाँको घरबाट विद्युत् सर्ट भई आगलागी हुँदा मियाँका साथै उनका बुबा महम्मद अन्सारी र दाई अबुल कलाम, छिमेकी रसिद अन्सारी, इरफान अन्सारी, समला बानो अन्सारी, आरिफ अन्सारी, इस्माइल अन्सारी, समिउल्लाह अन्सारी र जैनुदिन अन्सारीको घर जलेर नष्ट भएको कोसी–३ का वडाध्यक्ष सुलेमान मञ्सुरीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)