मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गाउँभरिका हलगोरु हेलिँदै हिलोमा

gorkhapatraonline.com · Wed May 27 00:20:02 GMT 2026

दुर्गम बाजुरा जिल्लाको पूर्वी–उत्तर क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिका–१०, पाण्डुसैनमा मङ्गलबार बिहानैदेखि ठुलो चाडपर्व जस्तो माहोल बन्यो । एकाबिहानै कोही टीकाटालो लगाउँदै थिए, कोही दमाहा बजाउँदै थिए, त्यही बाजाको तालमा कोही हलगोरु जोत्दै, गरो सम्याउँदै थिए, महिला असारे रोपाइँका गीत गाउँदै थिए त कोही बिउ ओसार्ने, रोप्ने गर्दै थिए । बाटुल्सेराको एउटै गरोमा एक दर्जन जति हलगोरुको फेरो ! त्यो रमिता हेर्ने पनि उत्तिकै थिए ।

यसरी रमाउँदै, खेल्दै दिउँसो ११ बजे सुरु भएको रोपाइँ साँझ ७ बजेतिर सकिएको थियो । रोपाइँ सकिँदा पनि दमाहा बजाएर नाच्दै, गाउँदै रोपाहार घर फर्किए । पाण्डसैनको यो रोपाइँ रमिता पुस्तौँदेखि जेठ १२ गते हुँदै आएको छ । रोपाइँलाई विगतमा झँै यस पटक पनि चाडपर्व मनाए जस्तै गरेर निरन्तरता दिइएको हो । रोपाइँसँगै रोपाहार र दमाहा बजाउनेलाई मासुसहितका विभिन्न पकवान खुवाइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)