कंगोमा विद्रोहीको आक्रमणमा ३० बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
annapurnapost.com · Thu Jun 04 09:44:36 GMT 2026

कंगो : पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कंगोको एक सहर वरिपरि भएका विद्रोही आक्रमणमा पछिल्ला केही दिनमा ३० बढी मानिस मारिएका छन् । जसले इबोला नियन्त्रण अभियानमा कठिन भएको छ ।
उत्तरी किभुको बेनी सहर वरिपरिका तीन गाउँमा बुधबार बिहानै गरिएको आक्रमणमा कम्तीमा १० जनाको हत्या गरिएको बताइएको छ । इस्लामिक स्टेटसँग सम्बन्धित मिलिसिया ‘अलाइड डेमोक्रेटिक फोर्सेस’ लाई यी आक्रमणका लागि दोषी ठहर गरिएको छ । उनीहरूले पूर्वी कंगोका मातेते, ममुली र किटोहो गाउँहरूमा आक्रमण गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)