मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वित्तीय संस्थाबाहेकले कम्पनीको नाममा 'बैंक' शब्द राख्न पाउने कि नपाउने ?

baahrakhari.com · Wed May 27 00:59:37 GMT 2026

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाहेकका अन्य निकायको नाममा पनि ‘बैंक’ शब्द प्रयोग गर्न पाउने कि नपाउने भन्ने विषयमा बहस चलेको छ । विशेषगरी राष्ट्रिय खाद्य बैंक लिमिटेड र नेपाल किसान बैंक लिमिटेड जस्ता संस्थाहरूले यो शब्द प्रयोग गरेपछि यसले नियामक निकायदेखि सर्वसाधारणको ध्यान खिचेको हो ।

राष्ट्रिय खाद्य बैंकको सल्लाहकारमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री र बहालवाला सञ्चालक समिति सदस्य डा. शंकरप्रसाद आचार्यसमेत रहेका छन् । बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने निकायको सर्वोच्च पदमा रहिसकेका व्यक्तिहरू नै ‘बैंक’ शब्द प्रयोग गर्ने उक्त संस्थासँग जोडिएपछि सो शब्दप्रति चासो बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय