मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

बैतडीसहित सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपात, यातायात अवरुद्ध

ekantipur.com · Fri Feb 04 01:13:31 GMT 2022

बैतडी — बैतडीसहित सुदूरपश्चिममा उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । बिहीबार साँझबाट जिल्लाका खोड्पे , सद्बबाज,मुस्याचौर , ढोल्यामोड,अनारखोलीलगायतका स्थानमा हिमपात भएको हो । सदरमुकाम खलंगाको गढी,शाहीलेकमा पनि केहीबेर हिमपात भएको थियो ।

हिमपातले बिहीबार रातिबाटै यातायात अवरुद्ध भएका छन् । जिल्ला भित्रिने र जिल्लाबाट बाहिरिने सवारीसाधनहरू खोड्पे , सद्बबाज, अनारखोलीलगायतका स्थानमा रोकिएका छन् । यस्तै हिमपातले डडेल्धुराबाट अगाडि आउने सवारीसाधनहरू पनि बीच बाटोमै राकिएका छन् भने बझाङ जाने सडकमा पनि हिपपातले सवारीसाधन ठप्प छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)