मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र भयो स्थापना

setopati.com · Wed May 27 01:09:48 GMT 2026

रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ। केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले मंगलबार उद्घाटन गरे।

केन्द्रले किसानलाई मौसमसम्बन्धी विभिन्न पूर्वानुमान उपलब्ध गराउनेछ । तापक्रम, वर्षा, हावाको गति मौसमसम्बन्धी तथ्यांक केन्द्रमा संकलन हुनेछ। मौसमको अवस्था हेरेर बाली कहिले लगाउने, सिँचाइ कहिले गर्ने र मल तथा औषधि कहिले प्रयोग गर्ने लगायतका विषयमा केन्द्रले जानकारी दिनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)

सम्बन्धित विषय