ब्राजिल र पेलेको उदय भएको विश्वकप
gorkhapatraonline.com · Wed May 27 01:09:33 GMT 2026
सन् १९५८ ब्राजिल र पेलेको उदयको वर्ष थियो । मात्र १७ वर्षको उमेरमा पेलेले विश्वकपमा खेल्नुभयो र उहाँ विश्वकप विजेता पनि बन्नुभयो । दशकौँदेखि ब्राजिल आफूले भाग लिएको हरेक प्रतियोगितामा उपाधिको प्रमुख दाबेदारका रूपमा देखिन्थ्यो तर उसले उपाधि जित्न सकेको थिएन । यस पटक ब्राजिलको समय आयो ।
सन् १९५० मा भाग्यले अन्तै मुख मोडेपछि निराश हुनु परेको बाजिलले यस पटक नराश हुनु परेन । ब्राजिल युरोपेली भूमिबाट ट्रफी लिएर दक्षिण अमेरिका फर्कियो । ब्राजिलको पहिलो चरणको खेल तत्कालीन सोभियत सङ्घविरुद्ध थियो । त्यस खेलमा ब्राजिलले दुई नयाँ युवा खेलाडी मैदानमा उता¥यो ः म्यानुयल फ्रान्सिस्को र डस सान्तोष, जो पछि गएर गारिन्चाको नामले प्रख्यात भए र अर्का थिए १७ वर्षीय म्यानुयल आरान्तेस डो नासिमेन्टो अर्थात् पेले । यी ब्राजिलको टिमका हिरा थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)