जारी विश्वकपमा आत्मघाती गोलको सङ्ख्या ७ पुग्यो
ratopati.com · Fri Jun 19 20:41:34 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ मा खेलाडीहरूको सानो असावधानी आफ्नै टोलीका लागि निकै महँगो साबित भइरहेको छ । शनिबार बिहान अमेरिका र अस्ट्रेलियाबिच सिएटलमा जारी खेलमा अस्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसले ११ औँ मिनेटमा आफ्नै जाली चुमाएसँगै यस विश्वकपमा आत्मघाती गोलको सङ्ख्या सात पुगेको छ । अहिले मैदानमा अमेरिका २–० को अग्रताका साथ जिततर्फ अघि बढिरहँदा विश्वकपको यो तथ्याङ्कले सबैको ध्यान खिचेको छ ।
अस्ट्रेलियाका बर्गेसको आत्मघाती गोल, अमेरिकालाई सुरुवाती अग्रता
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)