लुम्बिनी प्रदेश सभा बैठक : आज नीति तथा कार्यक्रममाथि छलफल टुङ्गिने
gorkhapatraonline.com · Wed May 27 01:19:43 GMT 2026

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत आठौं बैठक बुधबार दिउँसो १ बजे बस्दैछ। बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथिको छलफल टुङ्ग्याइने कार्यसूची रहेको छ।
प्रदेश सभा सचिवालयका अनुसार बैठकको प्रारम्भमा विपक्षी दलका नेता जोख बहादुर महराले विशेष समयमा सम्बोधन गर्नुहुनेछ। त्यसपछि सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण सम्बन्धी विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)