एसियाली खेलकुदको महिला छनोट : चीनसँग भिड्दै नेपाली क्रिकेट टोली
himalpress.com · Wed May 27 01:24:31 GMT 2026
काठमाडौँ- नेपाली महिला क्रिकेट टोली बुधबार एसियाली खेलकुदको महिला छनोट अन्तर्गत समूह चरणको खेलमा चीनसँग भिड्दै छ ।
नेपाल रहेको समूह ‘बी’ मा चीन र इन्डोनेसिया छन् । नेपालले इन्डोनेसियासँग बिहीबार खेल्नेछ । नेपालले चीनविरुद्ध यसअघि खेलेका दुवै महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा जित हात पारेको छ। सन् २०१९ को फेब्रुअरीयता नेपाल र चीन पहिलो पटक खेल्न लागेका हुन् । यो खेल नेपाली समय अनुसार दिउँसो २ बजे सुरु हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)