मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सरकारी निकायलाई मितव्ययी हुन निर्देशन

abhiyandaily.com

काठमाडौं । अर्थतन्त्रमा परेको चाप कम गर्न भन्दै सरकारले मातहतका निकायलाई खर्च कटौतीदेखि मितव्ययी नीति कार्यान्वयनमा कडाइ गर्न निर्देशन दिएको छ । बढ्दो व्यापारघाटा, विप्रेषण आप्रवाहमा कमी र विदेशी विनिमय सञ्चितिमा परेको चापलाई दृष्टिगत गर्दै सरकारले उक्त नीति कार्यान्वयनमा कडाइ गरेको हो । सबै मन्त्रालय, आयोग र निकायलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पठाइएको पत्रमा मन्त्रिपरिषद्बाट स्वीकृत सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने मापदण्ड पूर्णरूपमा पालना गर्न निर्देशन दिइएको छ ।

आयोजनाको बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्डविपरीत कुनै पनि कार्यक्रमलाई स्रोत सहमति नमाग्न र नदिने व्यवस्थाको पूर्ण पालना गर्न पनि भनिएको छ । चालू आर्थिक वर्ष (आव) को ९ महीनासम्ममा पनि न्यून मात्र पूँजीगत खर्च भएको भन्दै लक्ष्यअनुरूप पूँजीगत खर्च बढाउन सबै निकायलाई निर्देशन दिइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)