महिला क्रिकेट छनोटमा आज चीनसँग भिड्दै नेपाल
nepalnews.com · Wed May 27 01:48:10 GMT 2026
काठमाडौँ । नेपाली महिला क्रिकेट टोली बुधबार एसियाली खेलकुदको महिला छनोट अन्तर्गत समूह चरणको खेलमा चीनसँग भिड्दै छ ।
नेपाल रहेको समूह ‘बी’ मा चीन र इन्डोनेसिया छन् । नेपालले इन्डोनेसियासँग बिहीबार खेल्नेछ । नेपालले चीनविरुद्ध यसअघि खेलेका दुवै महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा जित हात पारेको छ । सन् २०१९ को फेब्रुअरीयता नेपाल र चीन पहिलो पटक खेल्न लागेका हुन् । यो खेल नेपाली समय अनुसार दिउँसो २ बजे सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)