असिनापानीले बैतडीमा तरकारी तथा अन्नबालीमा क्षति
gorkhapatraonline.com · Wed May 27 01:44:38 GMT 2026

बैतडीमा हावाहुरीसहित परेको असिनापानीले तरकारी तथा अन्नबालीमा क्षति पुर्याएको छ । विशेषगरी जिल्लाको तल्लो स्वराड क्षेत्रमा बेमौसमी तरकारी खेती तथा उम्रिन लागेका मकै, भटमासलगायत अन्नबालीमा मङ्गलबार अपराह्न परेको असिनाले ठुलो क्षति गरेको भन्दै किसानहरूले चिन्ता व्यक्त गरेका छन् ।
मेलौली नगरपालिका–१, ४, ५, ६ र ७ नम्बर वडामा बढी क्षति भएको वडा नं. १ का अध्यक्ष शरदसिंह नेगीले बताउनुभयो । केही दिनमै गोड्ने तयारीमा रहेको मकै तथा फल्न लागेका टमाटरका बिरुवा असिनाले नष्ट गरिदिएको किसान चिन्तामणि भट्टले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)