विश्वकपमा अमेरिकाको लगातार दोस्रो जित
onlinekhabar.com · Fri Jun 19 21:11:00 GMT 2026

६ असार, काठमाडौं । अमेरिकाले फिफा विश्वकप–२०२६ मा लगातार दोस्रो जित निकाल्दै नकआउट चरण नजिक पुगेको छ ।
सिएटल स्टेडियममा भएको खेलमा अष्ट्रेलियालाई २–० ले पराजित गर्दे अमेरिका नकआउट चरण नजिक पुगेको हो ।
समूह ‘डी’ मा रहेको अमेरिकाले २ खेलबाट ६ अंक जोडेको छ । यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पराजित गरेको थियो ।
अष्ट्रेलियाको ३ अंक छ । पाराग्वे र टर्की अंकविहीन छन् ।
अमेरिकाको जितमा एलेक्स फ्रीम्यानले एक गोल गर्दा एक गोल उपहार पायो ।
अमेरिकाले अष्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसको आत्मघाती गोलमार्फत पहिलो अग्रता लिएको थियो ।
खेलको ११औं मिनेटमा अमेरिकाका फोलारिन बालोगुनले अष्ट्रेलियाको डिबक्सभित्र क्रस गराएका थिए ।
त्यसपछि अष्ट्रेलियाका डिफेन्डर क्यामरुनले क्लियर गर्ने क्रममा प्रहार गरेको बल आफ्नै गोलपोष्टमा छिर्दा अमेरिकालाई अग्रता लिने अवसर मिल्यो ।
४३औं मिनेटमा एलेक्स फ्रीम्यानले गोल गर्दा अमेरिकाले अग्रतालाई दोब्बर बनायो । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन ।
अष्ट्रेलियाले पहिलो हाफको तुलनामा दोस्रो हाफमा राम्रो प्रदर्शन गरेपनि गोल निकाल्न सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ
फिफा