कालापानी आन्दोलन स्थगित, बीपी राजमार्ग सञ्चालनमा
gorkhapatraonline.com · Wed May 27 01:55:40 GMT 2026

बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा बस्ती हटाउने प्रयासको विरोधमा आन्दोलनरत स्थानीयवासीले प्रशासनसँग लिखित सहमतिपछि आन्दोलन स्थगित गरेका छन् । आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग तथा पूर्व–पश्चिम राजमार्ग मङ्गलबार साँझ ५ बजेदेखि पुनः सञ्चालनमा आएको छ ।
राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारीसाधन र हजारौँ यात्रुबिच बाटोमै अलपत्र परेका थिए । सडक सञ्चालनमा आएपछि सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)