मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरा बसपार्कको जग्गा छानबिन गर्न समिति गठन

gorkhapatraonline.com · Wed May 27 02:07:20 GMT 2026

कास्की, जेठ १३ गते । पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क निर्माणका लागि विसं २०३० मा अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका गुनासा र विवादको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ ।

पोखरा उपत्यका नगर विकास समितिले पूर्वन्यायाधीश शङ्करराज बरालको अध्यक्षतामा समिति गठन गरेको हो । समितिमा पूर्वजिल्ला न्यायाधिवक्ता गोविन्द गिरी र पोखरा उपत्यका नगर विकास समितिका प्रशासनिक अधिकृत प्रकाश सुवेदी सदस्यसचिव रहनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)