मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कृषकलाई व्यावसायिक बनाउन ‘नगर प्रमुखसँग कृषक कार्यक्रम’

gorkhapatraonline.com · Wed May 27 02:11:53 GMT 2026

तनहुँको भिमाद नगरपालिकाले स्थानीय कृषकलाई व्यावसायिक कृषि उत्पादनतर्फ उन्मुख गराउने उद्देश्यसहित ‘नगर प्रमुखसँग कृषक कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ । परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्दै कृषि क्षेत्रमा आत्मनिर्भरता बढाउने, साना सिँचाइ पूर्वाधार विकास गर्ने तथा कृषि उपजको बजारीकरणमा सहयोग पु¥याउने लक्ष्यसहित यो कार्यक्रम सुरु गरिएको हो ।

नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत कृषक समूह, कृषि फर्म तथा कृषि सहकारीलाई उत्पादनमुखी गतिविधि विस्तार गर्न अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउने जनाएको छ । भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीले वास्तविक कृषकको पहिचान गरी उनीहरूको आवश्यकताका आधारमा प्रत्यक्ष सहयोग पु¥याउन यो कार्यक्रम ल्याइएको बताउनुभयो। नगर प्रमुख सुवेदीले भन्नुभयो, “कृषकलाई स्थानीय सरकारको प्रत्यक्ष उपस्थिति महसुस गराउने र कृषि क्षेत्रमा आकर्षण बढाउने हाम्रो मुख्य लक्ष्य हो । साना सिँचाइ र प्रविधिको विकासमार्फत उत्पादन वृद्धि गरी कृषकको आयआर्जन बढाउन र उनीहरूलाई व्यावसायिक बनाउन यो कार्यक्रमले महत्त्वपूर्ण टेवा पुर्‍याउनेछ ।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय