पोषण पुनःस्थापना केन्द्र भवन उद्घाटन
barnanmedia.com · Fri Jul 26 23:30:12 UTC 2024

मधेस प्रादेशिक अस्पताल जनकपुरधाममा पोषण पुनःस्थापना केन्द्र भवनको उद्घाटन गरिएको छ । आज एक समारोहबीच प्रादेशिक अस्पताल जनकपुरधामको प्राङ्गणमा निर्मित दुईकोठे पोषण पुनःस्थापना केन्द्र भवनको मुख्यमन्त्री शतिशकुमार सिंह तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
त्यसअवसरमा मुख्यमन्त्री सिंहले भवन निर्माणले मधेसको स्वास्थ्य अवस्थामा थप सुधार ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कुपोषित बालबालिकाको उपचारका लागि सहजता प्रदान गर्ने उद्देश्यले भवन निर्माण गरेकामा सहयागी संस्थालाई धन्यवाद दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)