बाढीको त्रासले बगरमा बास
ekantipur.com · Fri Jul 26 23:31:35 UTC 2024

कञ्चनपुर — दुवैतिर खहरे खोलाको बीचमा काठले बनेका घर छ । चुरे फेदीको बस्ती भएकाले सामान्य झरीमा पनि खहरे खोला उर्लेर आउँछन् । भीमदत्त नगरपालिका–९ खल्लाका मदन कार्कीलाई खहरे खोलामा बाढी आएका बेला ज्यान जोगाउनै मुस्किल हुन्छ । असार तेस्रो साता अविरल वर्षासँगै आएको बाढी आँगनसम्मै पुग्यो । घरनजिकै रहेको बाटो बाढीले पूरै बगायो । ‘राति बाढी आए त भाग्न पनि सकिन्न,’ कार्कीले भने ।
असार तेस्रो साताको बाढीले खल्लामा धेरै क्षति पुर्याएको छ । रोपाइँ गरेको धान खेत पनि बगाएको छ । ‘अब त खोला घरछेउ नै पुगिसकेको छ, कति बेला घर पनि लैजान्छ,’ स्थानीय मीना लावडले भनिन्, ‘बाढी आउँदा घरमा बस्न पनि डर लाग्छ ।’ उनका अनुसार दुई साताअघिको बाढीले खल्ला क्षेत्रमा धेरै क्षति गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)