कमिसन नदिँदा रोकियो भुक्तानी
rajdhanidaily.com · Fri Jul 26 23:36:29 UTC 2024

गुल्मी गुल्मीमा एक निर्माण व्यवसायीले काम गरेबापत सम्बन्धित कार्यालयका इन्जिनियरलाई कमिसन नदिदा कार्यालयबाट हुने भुक्तानी रोकिएको छ । सडक डिविजन पाल्पामार्फत काम भइरहेको तम्घास–पिपलधारा–खनदह सडक अन्तरतग भाखर्क खण्डमा भएको ग्राभेलिङ्गको काममा इन्जिनियरलाई कमिसन नदिदा कामको भुक्तानी नभएको हो ।
उक्त ठाउँमा डेढ किलोमिटर भन्दा बढी सडक ग्राभेलिङ्ग गर्नको लागि गुल्मीकै सुजता कन्ट्रक्सनले २०८० वैशाखमा काम सक्नेगरी ०७९ पौष ३ गते सम्झौता गरेको थियो । निर्माण कम्पनीले सडकमा नाली निर्माण, हिमपाइप राख्ने, पक्की जाली राख्ने तथा ग्राभेलिङ्ग गर्ने लगायतको काम पनि गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)