सामाजिक बजार अर्थतन्त्र
gorkhapatraonline.com · Wed May 27 02:14:22 GMT 2026

नेपालको आर्थिक बहसमा पछिल्ला केही वर्षदेखि एउटा प्रश्न निरन्तर उठिरहेको छ, नेपालको आर्थिक ढाँचा के हो ? संविधानले समाजवादउन्मुख अर्थतन्त्रको परिकल्पना गरेको छ तर व्यवहारमा अर्थतन्त्र खुला बजारतर्फ उन्मुख देखिन्छ । सरकारले निजी क्षेत्रलाई लगानीका लागि आह्वान गरिरहेका छन् । विदेशी लगानी भिœयाउन नीति बनाइरहेका छन् तर सँगै सामाजिक सुरक्षा, लोककल्याणकारी राज्य, समावेशी विकास र सामाजिक न्यायको प्रतिबद्धता पनि दोहो¥याइरहेका छन् । यही वैचारिक र नीतिगत अन्योलबिच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा जवाफ दिँदै गर्नुभएको अभिव्यक्ति अहिले विशेष अर्थपूर्ण बनेको छ । उहाँले भन्नुभयो, “हामी न त
बजारलाई मात्र सर्वोपरि ठान्ने नवउदारवादी हौँ, न त राज्यले सबै कुरा नियन्त्रण गर्ने शास्त्रीय कम्युनिस्ट नै हौँ । हामी कम्युनिस्टको आवरणमा फस्टाउने ‘क्रोनी क्यापिटलिज्म’ को पनि विरोधी हौँ । हाम्रो बाटो लोककल्याणकारी राज्यको जगमा उभिएको उद्यममैत्री, लगानी अनुकूल र प्रतिस्पर्धी ‘सामाजिक बजार अर्थतन्त्र हो ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)