चेल्सीको प्रभावशाली जित
ratopati.com · Sat Dec 13 18:43:56 GMT 2025
काठमाडौँ । इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार सम्पन्न खेलमा चेल्सीले एभर्टनलाई २–० गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा खेलेको चेल्सीले खेलको सुरुदेखि नै आक्रामक प्रदर्शन देखाउँदै महत्त्वपूर्ण तीन अंक हात पारेको हो ।
खेलको २१ औँ मिनेटमा कोल पामरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । त्यसपछि पहिलो हाफको अन्त्यतिर, ४५औँ मिनेटमा मालो गुस्टोले अर्को गोल थपेपछि चेल्सीले २–० को स्पष्ट अग्रता बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)