मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माओवादीले छाड्यो कोशी सरकार

ekantipur.com · Fri Jul 26 23:52:01 UTC 2024

विराटनगर — कोशी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिएको समर्थन भने माओवादीले कायमै राखेको छ । ‘हामीले सरकार मात्रै छाडेका हौं’, माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘एमालेलाई दिएको समर्थन फिर्ता लिएका छैनौं ।’

कोशी प्रदेशसभामा माओवादीका १३ सांसद छन् । माओवादीले कांग्रेसको साथ छाडेर अचानक एमालेसँग गठबन्धन बनाएपछि गत वैशाख २७ मा संविधानको धारा १६८ (५) बमोजिम एमालेको नेतृत्वमा सरकार गठन भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)