मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्रतिबन्धित वस्तुको आयात खुला

ekantipur.com · Wed Dec 07 00:33:27 GMT 2022

काठमाडौँ — सरकारले सात महिनाअघि प्रतिबन्ध लगाइएका गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात खुलाएको छ । प्रतिबन्धले विदेशी मुद्रा सञ्चितिमा झिनो सुधार भए पनि राजस्व संकलनमा नकारात्मक असर पुगेपछि सरकारले पुसदेखि ती वस्तुको आयात खुलाउने निर्णय गरेको हो ।

विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले गत वैशाख १३ देखि मदिरा, तास, महँगा मोबाइल, टीभी, मोटरसाइकललगायत १० वस्तुको आयात प्रतिबन्ध लगाएको थियो । मन्त्रिपरिषद्को निर्णयअघि बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सकिसकेका वस्तुको आयात भने रोकिएको थिएन । पछि भदौ १४ मा राजपत्रमा सूचना प्रकाशन गरी ६ वस्तु (चुरोट तथा सुर्ती, हीरा, टीभी, खेलौना, तास, कुरकुरे/लेज) को प्रतिबन्ध फुकुवा गरेको थियो । सबै प्रकारका तयारी मदिरा (औद्योगिक कच्चा पदार्थ), ३ सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन, एम्बुलेन्स र शववाहनबाहेक जिप, कार र भ्यान एवं १ सय ५० सीसीभन्दा माथिका मोटरसाइकलको आयात प्रतिबन्ध भने यथावत् थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)