विश्वकप २०२६ को सबैभन्दा छिटो गोल: खेल सुरु भएको २ मिनेटमै मोरक्कोको अग्रता
ratopati.com · Fri Jun 19 22:11:16 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत बोस्टन स्टेडियममा जारी स्कटल्याण्ड र मोरक्कोबीचको खेलमा नयाँ कीर्तिमान बनेको छ । खेल सुरु भएको दोस्रो मिनेटमै मोरक्कोले गोल गर्दै जारी विश्वकपको सबैभन्दा छिटो गोलको रेकर्ड बनाएको हो ।
मोरक्कोका मिडफिल्डर इस्माइल साइबारीले खेल सुरु भएको २ मिनेट नपुग्दै बललाई जाली चुमाएपछि मोरक्कोले १–० को सनसनीपूर्ण सुरुवाती अग्रता लिएको छ । २०२६ को यस संस्करणमा हालसम्म भएका खेलहरूमध्ये यो नै सबैभन्दा छिटो भएको गोल हो ।
Scotland vs Morocco फिफा विश्वकप २०२६
पहिलो खेलमा हाइटीलाई हराएर उच्च मनोबलमा रहेको स्कटल्याण्ड यो सुरुवाती गोलसँगै दबाबमा परेको छ । अघिल्लो खेलमा ब्राजिललाई बराबरीमा रोकेको मोरक्को भने आजको खेलमा निकै आक्रामक रूपमा प्रस्तुत भएको छ । यो अग्रतालाई कायम राख्न सकेमा मोरक्कोको अघिल्लो चरण प्रवेशको सम्भावना बलियो हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
फिफा