मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एक महिनामा विभिन्न कसुरमा ५ सय ५६ मुद्दा दर्ता

barnanmedia.com · Sun Dec 21 22:38:53 GMT 2025

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले पछिल्लो एक महिनामा विभिन्न कसुरमा ५ सय ५६ मुद्दा दर्ता गर्नुका साथै चालु मुद्दाका २ सय १४ फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

धनगढीम आइतबार गरिएको पत्रकार सम्मेलनमा प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाले सार्वजनिक चासोका मुद्दामध्ये १ सय १४ मुद्दाको फर्छ्योट भएको जानकारी दिए । अदालतले विगतमा गरेको फैसला कार्यान्वयनको सिलसिलामा ५ सय २४ फरार प्रतिवादीलाई पक्राउ गरिएको हो । मङ्सिरमा प्रदेश प्रहरी कार्यालय र मातहतका कार्यालयमा घरेलु हिंसातर्फ परेका ८० उजुरीमध्ये ६५ उजुरी मिलापत्र गरी मिलाइएको र आठ उजुरी कानुनी कारबाहीका लागि अदालतमा पठाइएको उल्लेख गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)