मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

'लिभरपुलको यात्रा जादु होइन'

ekantipur.com · Sat May 28 01:08:51 GMT 2022

लिभरपुल — योर्गन क्लोप भन्छन्, ‘हामी त्यसै युरोपेली च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेका होइनौं, यसमा जादु छैन । हामी यसका लागि हकदार छौं ।’ स्टाडे डे फ्रान्समा शनिबार हुने फाइनलमा लिभरपुलको बाटोमा चुनौती तेर्साएर बसेको हुनेछ रियल म्याड्रिड । चार वर्षअगाडि पनि लिभरपुलले च्याम्पियन्स लिग खेलेको थियो । क्लबका गुरु थिए तिनै क्लोप । किभमा सम्पन्न उक्त फाइनलमा लिभरपुल उही रियलसँग ३–१ ले पराजित रह्यो ।

त्यसमा गोलरक्षक लोरिस कुरियसले दुई ठूला गल्ती गरे अनि मोहम्मद सलाह चोट बोक्दै चाँडै मैदान छाड्न बाध्य रहे । क्लोप त्यो खेल सम्झेर अहिले भन्छन्, ‘त्यो रात हाम्रा लागि खुबै पीडादायी रह्यो ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)