भारतको राजस्थानमा उच्च जातिको ज्यादतीबाट आक्रोशित २५० दलितले हिन्दू धर्म छाडेर बौद्ध धर्म अंगाले
ratopati.com
राजस्थानको बारान जिल्लामा उच्च जातिको कुटपिटबाट पीडित २५० दलितले हिन्दू धर्म त्यागेर बौद्ध धर्म अंगालेका छन् । तिनले बौद्ध धर्म अंगालेपछि घरमा रहेका हिन्दू देवी–देवताका मूर्ति र चित्रहरू बेथली नदीमा विसर्जन गरिदिएका छन् ।
धर्म बदलेका दलित परिवारले १५ दिनअघि दुर्गाको आरतीका क्रममा दुई दलित युवालाई उच्च जातिले निर्घात कुटेको र प्रशासनले पनि बेवास्ता गरेको आरोप लगाएका छन् । दलित समाजले न्यायका लागि राष्ट्रपतिदेखि जिल्ला प्रशासनसम्म गुहार लगाए पनि कुटपिटका आरोपितमाथि कारबाही हुन नभएको बताएको छ । घटना छाबरा क्षेत्रको भुलोन गाउँको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)