मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

barnanmedia.com · Sat Jul 27 00:08:47 UTC 2024

कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध दिउन्जेल तथा उपयोग गरुन्जेल राख्ने तर उपयोग हुने अवस्था नरहेपछि जथाभावी छाड्ने प्रवृति कायमै छ । यसले यहाँका मुख्य बजार तथा बस्तीहरूमा चुनौती थपिँदै गएको छ ।

पशु कल्याण समिति धनगढीका अध्यक्ष चेतराज अवस्थी फाइदा हुन्जेल पशुचौपायाको स्याहारसुहार गर्ने र काम नलाग्ने भएपछि जथाभावी छाडने गरेकाले व्यवस्थापनमा निकै समस्या देखिन थालेको बताउनुभयो । “काम नलाग्ने भएपछि छाडा छाड्ने गाईगोरुका कारण बजारमा सडक दुर्घटनाको जोखिम बढेको छ । धनगढीको छ लेन सडकमा दैनिकजसो एक÷दुई गाईगोरु गाडीसँग ठोक्किएर मरेकै हुन्छन् । हाम्रो संस्थाले एक सयभन्दा बढी पशुको त उपचार गरिसकेका छौँ”, उहाँले भन्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)