कञ्चनपुरमा बाघको आक्रमण: चार जना घाइते
gorkhapatraonline.com · Wed May 27 02:54:11 GMT 2026

कञ्चनपुर जिल्ला मा बाघको आक्रमणबाट नाबालकसहित चार जना घाइते भएका छन् । मङ्गलबार साँझ महेन्द्रनगरबाट बेलडाँडीतर्फ जाँदै गरेको अवस्थामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गत कालिकिच नजिकै बाघले आक्रमण गर्दा उनीहरू घाइते भएका हुन् ।
कालिकिचबाट करिब दुई किलोमिटर टाढा निकुञ्ज क्षेत्रको हुलाकी सडकमा बाघले आक्रमण गर्दा मोटरसाइकल चालक बेलौरी नगरपालिका–९ खजुवाका वीरेन्द्र ठगुन्ना, उहाँकी श्रीमती कल्पना ठगुन्ना, अढाई वर्षीय छोरा रियान्स र १४ वर्षीया भान्जी आरुसी साहु घाइते हुनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)