इजरायलले माग्यो भारी मात्रामा नेपाली कामदार, ४५ किलो तौल र डेढ मिटर उचाइ चाहिने
corporatenepal.com · Wed May 27 02:54:23 GMT 2026

काठमाडौं । इजरायलमा ठूलो संख्यामा नेपाली कामदार मागेको छ । बुधबार वैदेशिक रोजगार विभागले जारी गरेको सूचनाअनुसार इजरायलले दीर्घकालीन स्याहार केन्द्रका लागि २३०० जना नेपाली कामदार माग गरेको हो।
योग्यता समेत तोकेर माग गरिएको यो मागअनुसार उमेर, उचाइ र तौल समेत तोकिएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशन गरिएको मितिले २१ दिनभित्र रोजगार विभागको वेब पोर्टल ferms.dofe.gov.np मा अनलाइन आवेदन दर्ता गर्न सकिने सूचनामा उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)