के झलनाथ खनाललाई अध्यक्ष बनाउन तयार भएका हुन् माधव नेपाल ?
farakdhar.com · Tue Jun 11 17:50:56 UTC 2024

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको आसन्न १०औँ राष्ट्रिय महाधिवेशनले सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने बताएका छन् । पार्टीको गण्डकी प्रदेश कमिटीको नवौँ पूर्ण बैठकलाई आज पोखरामा सम्बोधन गर्दै उनले महाधिवेशनका लागि एउटै दस्तावेज आएको र नेतृत्व पनि सर्वसम्मत रुपमा चयन गरिने र सर्वसम्मतका लागि आफू बाधक नबन्ने बताए ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को आगामी असार १६ देखि काठमाडौंमा राष्ट्रिय महाधिवेशन हुँदै छ । अध्यक्ष नेपालले भने, ‘पार्टीको तल्ला कमिटी तथा सातवटै प्रदेश कमिटीहरुले सर्वसम्मत नेतृत्व चयन गर्न नेताहरुलाई आग्रह गरेका छन् । हामी कार्यकर्ताहरुको भावनाअनुसार सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नेछौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)
उपेन्द्र यादव
झलनाथ खनाल