मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘नीति तथा कार्यक्रममा चुरेको खनिज उत्खननको कुरा छ, संरक्षण शब्दै छैन’

onlinekhabar.com · Wed May 27 03:08:00 GMT 2026

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले चुरे र तराईको तीव्र दोहन नरोकिने हो भने आगामी केही दशकभित्रै तराई पूर्ण रूपमा मरुभूमिमा परिणत हुने बताएका छन्। डा. यादवकै पालामा नेपाल सरकारले आर्थिक वर्ष २०६६/६७ मा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयनको सुरुआत गर्‍यो। २०७१ असार २ गते राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति गठन गरी सरकारले २०७४ जेठमा गुरुयोजना स्वीकृत गरेको थियो।

सरकारले यसपटक ल्याएको नीति तथा कार्यक्रममा भने ‘चुरे संरक्षण’ शब्दसम्म परेको छैन। प्रथम राष्ट्रपति यादव आफ्नो जीवनकालमै चारकोसे झाडी मासिएको र चुरेको आधा जङ्गल सखाप भएको स्मरण गर्दै उनले जङ्गल विनाशकै कारण तराई–मधेशमा अन्न र जलको चरम सङ्कट निम्तिएको बताएका छन्। तराई मरुभूमि बने त्यसको तातो हावाले हिमालको हिउँ २० वर्षमै पगाल्ने र हाम्रो सभ्यता नै नष्ट हुने वैज्ञानिक तथ्य औंल्याउँदै उनी वर्तमान सरकारलाई चुरे संरक्षणका लागि कानून र बजेटको व्यवस्था गर्न विशेष अपिल गर्छन्। प्रस्तुत छ, पूर्वराष्ट्रपति डा. रामवरण यादव सँग अनलाइनखबरका लागि सन्त गाहा मगर ले चुरे दोहन, पानीको सङ्कट र राजनीतिक नेतृत्वको दायित्वमा केन्द्रित रहेर गरेको संवाद :

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय