नामकरण भयो, नीतिगत काममा छैन ध्यान
annapurnapost.com · Fri May 12 00:18:00 GMT 2023
विराटनगर : देशका ७ प्रदेशमध्ये ६ प्रदेशले पहिलो कार्यकालमा नै नाम पाए। तर, तीन जना मुख्यमन्त्री फेरिँदासमेत पाँच वर्षमा तत्कालीन प्रदेश नम्बर १ (हालको कोसी प्रदेश) ले नाम पाउन सकेन। अन्तिम समयसम्म पनि नामकरणको विषय चोटिलो बन्यो। अन्ततः बिना नाम प्रदेशसभाको समयावधि सकियो र मुलुक निर्वाचनतर्फ धकेलियो।
नामकरण नै नभई कार्यकाल समाप्त हुँदा देशभर गिज्याइयो। अझ तत्कालीन प्रदेश १ का स्थानीयले नामकरण नै नगरी तलबभत्ता बुझेको भन्दै सांसदविरुद्ध चर्को आवाज उठाए। निर्वाचनमा होमिँदासमेत नामकरण गर्न नसक्ने जनप्रतिनिधिलाई मतदान नगरौं भनेर कतिपय ठाउँमा नारा नै लगाए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)