लिफ्टिङ सिँचाइले उत्पादन वृद्धि
gorkhapatraonline.com · Wed May 27 03:16:52 GMT 2026

कर्णाली नदीको पानीलाई पहिलो पटक लिफ्टिङ प्रणालीमार्फत सिँचाइ गर्न थालिएपछि स्थानीयमा खुसीयाली छाएको छ । हुम्लाको तराईका रूपमा परिचित सर्केगाड गाउँपालिका–१, तुम्चको खेतीयोग्य जमिनमा उक्त प्रणाली मार्फत सिँचाइ भएपछि उत्पादनमा वृद्धि हुन थालेको हो ।
कर्णाली नदीको पानीलाई सोलार सिस्टमबाट तानेर गाउँमाथिको ट्याङ्कीमा जम्मा गरी खेतमा सिँचाइ गर्न थालेपछि साबिकभन्दा ४० प्रतिशतसम्म उत्पादन वृद्धि भएको सर्केगाड गाउँपालिका–१ का वडा सदस्य उब्जन मल्लले बताउनुभयो । यसअघि गाउँनजिकैको सानो खोलाको पानीले त कहिले कुलोबाट सिँचाइ गर्ने गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)