काबुलस्थित जर्मन दूतावासका नेपाली सुरक्षागार्ड भन्छन्– ‘फर्कने आसमा विमानस्थलमै छौं’
ekantipur.com · Tue Aug 17 01:08:51 GMT 2021
म हार्ट कम्पनीमार्फत काबुलस्थित जर्मन दूतावासमा सुरक्षागार्ड थिएँ । जर्मनीले काबुलबाट दूतावास हटाउने भएपछि महत्त्वपूर्ण कागजात जलाउने र लुकाउने काम भइरहेको थियो । हामी आइतबार बिहान क्याम्पमै थियौं । केही साथीहरु ड्युटीमा खटिएका थिए । तालिवान लडाकु दूतावास रहेको क्षेत्रमा आइसकेका थिए । उनीहरु क्याम्पभित्र छिरे । ‘तिमीहरु डराउनुपर्दैन, हतियार यहीं छाडेर २ घण्टाभित्र जाऊ’ भने ।
हामीलाई तालिवानले केही नराम्रो गरेनन् । काबुल छोडेर निस्कनुपर्छ भनिएको छ तर मिति बताइएको छैन । क्याम्पमा बसेका सबैले हतियार छोडिदिए । तुरून्तै निस्कने आदेश भएपछि ड्युटीमा रहेका साथीहरु भने हतियारसहित बाहिर निस्के । उनीहरुको साथमा पासपोर्टबाहेक केही थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)