दशगजामा बेवारिसे पुरुष मृत फेला
gorkhapatraonline.com · Wed May 27 03:20:26 GMT 2026

नेपाल–भारत सीमास्थित सर्लाहीको पर्सा गाउँपालिका–१, सितलपुर टोल नजिक एक बेवारिसे पुरुष मृत फेला पर्नुभएको छ ।
नाम, थर, वतन खुल्न नसकेको अन्दाजी ४०/४५ वर्षका पुरुषको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय सङ्ग्रामपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले मङ्गलबार दिउँसोपख दशगजास्थित बाटो छेउमा मृत अवस्थामा रहेका पुरुषलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)