साइबारीको कीर्तिमानी गोलसँगै पहिलो हाफमा मोरक्को १–० ले अगाडि, दबाबमा स्कटल्याण्ड
ratopati.com · Fri Jun 19 22:54:41 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत बोस्टन स्टेडियममा जारी समूह चरणको खेलमा पहिलो हाफ सकिँदासम्म मोरक्कोले स्कटल्याण्डविरुद्ध १–० को अग्रता बनाएको छ ।
खेलको सुरुवातदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको मोरक्कोले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गर्दै अग्रता लिएको थियो । मिडफिल्डर इस्माइल साइबारीले गरेको यो गोल जारी विश्वकप २०२६ कै सबैभन्दा छिटो (फास्टेस्ट) गोल समेत बनेको छ । खेल सुरु भएको दुई मिनेटमै विपक्षीको जाली चुमाएपछि मोरक्कोले खेलमा आफ्नो बलियो पकड बनाएको छ ।
साइबारीको कीर्तिमानी गोलसँगै पहिलो हाफमा मोरक्को १–० ले अगाडि, दबाबमा स्कटल्याण्ड
पहिलो खेलमा हाइटीलाई पराजित गर्दै ३ अंक जोडेको स्कटल्याण्ड यो सुरुवाती गोलसँगै पहिलो हाफभरि निकै दबाबमा देखियो । स्कटल्याण्डका लागि यो खेल ऐतिहासिक छ, किनकि आजको जितले उसलाई पहिलो पटक विश्वकपको नकआउट चरणमा पुर्याउने सम्भावना बलियो बनाउनेछ ।
अर्कोतर्फ, पहिलो खेलमा ब्राजिलसँग १–१ को बराबरी खेल्दै १ अंक जोडेको अफ्रिकन च्याम्पियन मोरक्को आजको खेल जितेर समूहमा आफ्नो स्थिति मजबुत बनाउने दाउमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
फिफा