मन्त्रिपरिषद् बैठकमै थिए राय, साँझमै गुम्यो मन्त्री पद
barnanmedia.com · Wed May 27 03:27:34 GMT 2026

मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जंगीलाल रायको पद गुमेको छ । अन्तिम समयसम्म आफू मन्त्री पदमै कायम रहने विश्वासमा रहेका रायलाई मंगलबार साँझ अचानक पद छाड्न भनिएपछि उनी झस्किएका थिए ।
करिब चार घण्टासम्म चलेको मन्त्रिपरिषद् बैठकमा सहभागी भएका राय बैठकभर सामान्य र सहज देखिएका थिए । सरकार विस्तार, मन्त्रालय बाँडफाँट र आगामी कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भइरहँदा पनि आफूलाई हटाइने सङ्केत उनले पाएका थिएनन् । मुख्यमन्त्री कृष्णप्रसाद यादवसँगको निकट सम्बन्ध र आपसी विश्वासका कारण पनि उनले आफ्नो पद सुरक्षित रहेको ठानेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
मधेस प्रदेश