डुरान्ड कप २०२४ मा आर्मीकाे रंगदाजीदकमाथि सान्त्वना जित
barnanmedia.com · Tue Aug 13 21:40:01 UTC 2024
त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा जारी डुरान्ड कप २०२४ मा सान्त्वना जित निकालेको छ ।
आर्मीले जवाहरलाल नेहरु स्टेडियममा मंगलबार भएको खेलमा रंगदाजीद फुटबल क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हाे ।आर्मीको जितमा दुवै गोल जिलेस्पीजंग कार्कीले गरेका थिए । जिलेस्पी ले खेलको २१ औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । जिलेस्पीले नै खेलको ५७ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै आर्मीको जित निश्चित गराएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)