मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री ओलीलाई राजा अल-थानीले पठाए निम्तो

barnanmedia.com · Tue Aug 13 21:46:05 UTC 2024

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कतारका अमिर शेख तमिम बिन हमाद अल-थानीले निमन्त्रणा पठाएका छन् । उनले आगामी अक्टोबरमा कतारमा हुने ‘एसियन कोअपरेसन डायलग’ (एसिडी) सम्मेलनमा सहभागी हुन निम्तो दिएका हुन् ।

प्रधानमन्त्री ओलीसमक्ष नेपालका लागि कतारका राजदूत मिसल मोहम्मद अल अन्सारीले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शिष्टाचार भेट गरी उक्त निमन्त्रणा हस्तान्तरण गरेका हुन् । उक्त एसिडी मञ्चमा नेपालसहित ३५ मुलुक आबद्ध छन् । उक्त मञ्चको १९ औँ मन्त्रीस्तरीय बैठक गत २४ जुन, २०२४ मा इरानमा भएको थियो । नेपाल सन् २०१६ देखि यसको सदस्य भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)