प्रहरीका हाकिमलाई ३० वर्षे जागिरले पुगेन, सिपाही–हवल्दारको १६ वर्षमै पेन्सन पाउनु पर्ने माग
barnanmedia.com · Tue Aug 13 21:48:58 UTC 2024

प्रहरीका हाकिमहरू आफ्नो जागिरको अवधि ३० वर्षभन्दा बढी लम्ब्याउन खोजिरहँदा तल्लो तहका प्रहरी भने जतिसक्दो चाँडो पाक्ने व्यवस्था गर्न सरकारलाई आग्रह गरिरहेका छन्। सिपाही–हवल्दारको १६ वर्षमै पेन्सन पाउनु पर्ने माग राखिरहेका छन्।
गृह मन्त्रालयले प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने गरी ऐन ल्याउने तयारी गरिरहेको छ। ‘नयाँ प्रहरी ऐनको मस्यौदा तयार भइसकेको छ। त्यसलाई जतिसक्दो छिटो मन्त्रिपरिषदमा पेस गर्ने गरी आन्तरिक तयारी भइरहेको छ। यो मन्त्रालयको प्राथमिकतामा छ,’ मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)