बंगलादेशकि पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध हत्या मुद्दा
barnanmedia.com · Tue Aug 13 21:52:03 UTC 2024

गत महिना नागरिक अशान्तिका क्रममा एक व्यक्तिको हत्या गरेको आरोपमा बंगलादेशको एक अदालतले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिना र उनको प्रशासनका शीर्ष ६ व्यक्तिविरुद्ध अनुसन्धान सुरु गरेको छ ।
एक साताअघि ७६ वर्षीया हसिना हेलिकप्टरबाट छिमेकी मुलुक भारततर्फ भागेकी थिइन्् । अहिले भारतमै रहेकी उनको कठोर कार्यकालको नाटकीय अन्त्यमा प्रदर्शनकारीहरूले ढाकाको सडकमा ठूलो विरोध प्रदर्शन गरेका थिए । उनको पतनसम्मको अशान्तिका साताहरूमा चार सय ५० भन्दा बढी मानिस मारिएका थिए । निजी नागरिकका तर्फबाट मुद्दा ल्याएका वकिल मामुन मियाले भने, ‘शेख हसिना र अन्य ६ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)